समाचार
विराटनगर ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आज चैत्र ७ गते विराटनगरमा आयोजित विशेष समारोहमा साहित्यकार निर्मला कोइरालाको “अक्षरका यात्री“ नामक कृति (समालोचना सङ्ग्रह) लोकार्पण गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि डा. कृष्ण प्रसाद दाहालले पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको साहित्यिक गहना भएको बताउनुभयो ।
सो समारोहमा कृतिकार निर्मला कोइरालाका साथै साहित्यकारहरू भूषण ढुङ्गेल, डा. बाबुराम तिमल्सेना, खेम नेपाली, डा. मेदिनी प्रसाद शर्मा, गङ्गा सुवेदी तथा बलराम पोखरेलले मन्तव्य प्रकट गर्नुभएको थियो ।
उक्त विमोचन सभाको सञ्चालन पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले गर्नुभएको थियो ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विगत ४४ वर्षदेखि कार्यरत विराटनगर क्षेत्रको प्रसिद्ध साहित्यिक संस्था हो । ’अक्षरका यात्री’ नामक समालोचना सङ्ग्रह यस प्रतिष्ठानले प्रकाशन गरेको १११ औँ कृति हो ।
