• २०८२ चैत्र ९, सोमबार

हिमा रोका ‘प्रतिज्ञा’लाई ‘विश्व-ज्योति युवा पाण्डुलिपि पुरस्कार’

काठमाडौं ।

नेपाली वांमयको श्रीवृद्धिमा २७ वर्षदेखि क्रियाशील संस्था एपेक नेपालले यस वर्षको ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ सुर्खेतकी सर्जक हिमा रोका ‘प्रतिज्ञा’को लघुकथा पाण्डुलिपिलाई प्रदान गर्ने निर्णय गरेको छ । एपेक नेपालले ४० वर्षमुनिका युवा सर्जकलाई प्रदान गर्ने गरी स्थापना गरेको यस पुरस्कारमा देश–देशावरबाट प्राप्त लघुकथाको पाण्डुलिपि मध्येबाट छनोट भएको एक उत्कृष्ट पाण्डुलिपिलाई पुस्तकका रूपमा प्रकाशित गरिन्छ ।

सोही अनुसार यस वर्ष पुरस्कृत लघुकथाकार हिमा रोकाको पाण्डुलिपि, पुस्तकका रूपमा प्रकाशित भई यही चैत २५ गते काठमाडौंमा सम्पन्न हुने एपेक नेपालको २७औँ वार्षिकोत्सव समारोहमा लोकार्पण गरिने सस्थाले जानकारी गराएको छ । हाल गुर्भाकोट नगरपालिका, मेहेलकुना सुर्खेमा बस्दै आएकी हिमा लघुकथासँगै गजल, मुक्तक, टुक्का कविता र झिल्कामा कलम चलाउँछिन् । गत वर्षदेखि प्रदान गर्न सुरु गरिएको ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ अघिल्लो वर्ष सुदूरपश्चिमका युवा कवि हेमन्त शिशिरको कविताकृति ‘बन्द घरको झ्याल’लाई प्रदान गरिएको थियो ।