सर्पले भन्यो, “शान्तबसौं; चुपचाप घिर्सौँ ।”
भँवराले भन्यो, “चुपचाप किन ? हल्लीखल्ली गरौँ; रस चुसौँ ।”
“चुपचाप किन ?”
“हल्ला किन?”
रूख कटेरोले भन्यो, “चाहे तिमीहरू मौन बस, या स्वर मच्चाउ !
तिम्रा लक्ष एकै हुन मलाई मेरै कर्ममा रम्न देउ !”
कात्यायन, काठमाडौँ
[email protected]