समाचार
काठमाडौँ ।
नियमित रूपमा सञ्चालन हुँदै आएको मासिक शृङ्खला तथा कवि गोष्ठीको आज २०८२ फागुन ३० गते २८९ ओँ भाग समाप्त भएको खबर छ । आजै अभिनवले २५ वसन्त पार गरिसकेकोले रजत महोत्सवको रूपमा मनाइयो । यस अवसरमा प्रा.अभि सुवेदीलाई दशहजार नगद सहित अभिनन्दन गरिएको थियो । यस्तै अभिनव वेदमणि गजल पुरस्कारबाट गजलकार जित कार्की पुरस्कृत हुनुभएको थियो ।
प्रमुख अतिथि गोकर्णेश्वर नगर पालिकाका प्रमुख दीपककुमार रिसालले नगरपालिकाले गरेको साहित्य–उत्थानका प्रयासहरूको चर्चा गर्नुभयो ।उपाध्यक्ष विमल अर्यालको सभापतित्व, शारदा पराजुलीको उद्घोषण, मेनका पोखरेलको स्वागत मन्तव्य, सम्मानपत्र र गजल वाचन बी.पी. इलामे, घनश्याम प्रसाईको व्यवस्थापन, परशुराम पराजुली र गोविन्द घिमिरे वेदमणिले अभिनन्दित र पुरस्कृत व्यक्तिको विषयमा प्रकाश पार्नुभएको थियो । यस्तै आज वाचित कविताहरूमध्ये दुर्गा घिमिरे र आल्फी फोहेन फाक्लुप्पालाई उत्कृष्ट कविता प्रस्तुत गरेकोमा प्रेरणाप्रद पुरस्कार अर्पण गरेको थियो ।
विशेष अतिथिहरूमा, रामेश्वर फुयाल, ठाकुर शर्मा, शीतल गिरी, कणाद महर्षि, मेघराज ढकाल, कविराज घिमिरे, शङ्कर भारती, निबन्ध आचार्य, खोलाघरे साइलो, मधुसूदन घिमिरे, कृष्ण सुवेदी भारद्वाज, डा. पुरुषोत्तम श्रेष्ठ, विन्दु सुवेदी आदि रहनुभएको थियो । कविता वाचनमा सहभागी हुनेहरूमा सङ्गीता घिमिरे, मिन पराजुली, दिवाकर न्योपाने, संजय सोती, विश्वनाथ तामाङ, ब्रह्मप्रिय प्रेम स्वरूप, सुशील आचार्य, रामचन्द्र दाहाल, ठाकुर शमाृ खतिवडा, प्रार्थना खनाल, रामेश्वर श्रेष्ठ, भावना न्योपाने, वासु पौडेल, प्रदीपरत्न शाक्य, जनकपुरे, बद्रीप्रसाद सुवेदीआदि ७५ जना भन्दा बढीको उपस्थिति थियो ।
