• २०८२ फाल्गुन २९, शुक्रबार

छाप

टंक सिटौला

टंक सिटौला

त्यो
छाप
अमिट
बनेको छ
हृदय भित्र
कुँदिएछ प्रीति
दीप्तिमय आकृत
छायो दिव्य अनुभुति
कसैको हँसिलो मुहार
अन्तस्करणमा छापिएछ
मन भित्रको जोवनको
अभिलाषा मात्तिएछ
लाहको छापजस्तो
दिलमा टाँसियो
त्यो प्रतिच्छवि
उत्कर्षमा
पुगेको
प्रेम
भो


टंक सिटौला
आसाम ।