• २०८२ फाल्गुन २९, शुक्रबार

कवि तथा साहित्यकार कवीन्द्र सिटौलाको दोस्रो गीत सार्वजनिक

अमेरिका ।

अमेरिकामा बसोबास गर्दै आएका कवि तथा साहित्यकार कवीन्द्रराज सिटौला “जिज्ञासु” ले आफ्नै जन्मोत्सवको पावन अवसर पारेर आज आफ्नो दोस्रो गीत मेरी आमा सार्वजनिक गरेका छन् ।

आमा प्रतिको असीम श्रद्धा, प्रेम र कृतज्ञताको भाव बोकेको उक्त गीत उहाँले यस संसारबाट दिवंगत हुनुभएका सम्पूर्ण पूज्य आमाहरूको पवित्र आत्मालाई तथा आज जीवित रहेका सबै आमाहरूको मन र भावनालाई समर्पण गरेको बताएका छन् ।

भावनात्मक संवेदनाले भरिएको यो गीतमार्फत आमाको माया, त्याग र करुणालाई स्मरण गर्दै कवि सिटौलाले आमा प्रतिको सम्मान र कृतज्ञताको सन्देश फैलाउने प्रयास गरेका छन् ।

यसअघि उनले आफ्नो पहिलो गीत “संस्कारकै खुशी जाती हामी” पनि सार्वजनिक गरेका थिए, जसले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थिया े।