समाचार
काठमाडौँ ।
स्थानीयस्तरमा साहित्यिक कर्म गर्दै आएको मनोहरा साहित्य समाजले ११०औँ रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।
पेप्सीकोला क्षेत्रमा आयोजित कार्यक्रममा कविहरूले रचना वाचन गरेका थिए । बुद्धिसागर पौड्याल, परशुराम परासर, अल्फिफोहेन फाक्लुप्पा, भावना न्यौपाने, मुकुन्दराज शिवाकोटी, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, टीका मिलन, टिपी बराकोटी, पदम दाहाल, भालचन्द्र भण्डारी, नूरदेव खनाल, सूर्यप्रसाद डुम्रे, बलराम विष्ट, शारदा पराजुली दुर्गा घिमिरे, जी.के.एन. खडेरी, सुमन पुडासैनीलगायतले आफ्ना कविता, गीति रचना, गजल र मुक्तक वाचन गरे ।
