• २०८२ फाल्गुन ५, मंगलवार

साहित्यकार कृष्ण बजगाईंको बालउपन्यास ‘स्यालको सिङ’ प्रकाशित

काठमाडौँ ।

साहित्यकार कृष्ण बजगाईंको बालउपन्यास ‘स्यालको सिङ’ बजारमा आएको छ। नियात्रा, कथा, लघुकथा, कविता, हाइकु र बालसाहित्यमा कलम चलाई नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील बजगाईंको यो ‘स्यालको सिङ’ बालउपन्यास ३१ औं साहित्यिक कृति हो ।

यस उपन्यासमा स्यालको सिङ खोज्न निस्केका पाँच बालकले यात्रामा भोग्नुपरेका रोमाञ्चकारी र अनेपेक्षित घटना समेटिएका छन् । रहस्यहरूले भरिपूर्ण यस उपन्यासले पाठकलाई कहिले हँसाउछ, कहिले तर्साउँछ र जीवन उपयोगी पाठहरू पनि पढाउँछ। विद्यार्थी, शिक्षक तथा अभिभावकका लागि उपयोगी बालमनोविज्ञानमा आधारित यो उपन्यास ज्ञानवद्र्धक, शिक्षाप्रद र प्रेरणादायी छ । यो उपन्यासले बालबालिकाको भाषिक क्षमता अभिवृद्धि गराउन पनि उपयोगी हुने छ ।

लामो समयदेखि विदेशमा बसेर नेपाली भाषा साहित्यको उन्नयनमा क्रियाशील बजगाईं समकालीन साहित्य प्रतिष्ठान बेलायतको संस्थापक अध्यक्ष हुन् । उनले सन् २००७ देखि ‘समकालीन साहित्य डट कम’ अनलाइन साहित्यिक पत्रिका र सन् २०१७ देखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ सम्पादन गरिरहेका छन् । बियोन्ड स्टोरिज प्रालि काठमाडौंबाट रङीन चित्रसहित प्रकाशित ‘स्यालको सिङ’ बालउपन्यासको मूल्य ३५० रुपैयाँ छ ।