कविता
न पारि गयौ, न वारिकै भयौ,
न मान–सम्मान,न कुर्सीमै रह्यौ ।
समय बलवान छ भन्ने बुझेनौ,
न घरमा रह्यौ, न घाटका भयौ ।
म लेखेरै पुरस्कार पाउने होडमा छु,
उकुसमुकुस छटपटको तोडमा छु ।
कापी–कलम जोहो गरिदेऊ न प्रिय,
म कविता जन्माउने प्रसव मोडमा छु ।
म तिम्रो झुटको बयान गरौ कसरी,
म तिम्रो फुटको बयान गरौ कसरी ।
त्यो तिम्रो कुटिल मुहार देख्नुपर्दा,
म तिम्रो लुटको बयान गरौ कसरी ।
– चेतन काफ्ले