• २०८२ फाल्गुन १, शुक्रबार

डायमण्ड आर्ट एण्ड कल्चरको ‘डायमण्ड रत्न सम्मान तथा अवार्ड २०८२’ सम्पन्न

काठमाडौँ ।

डायमण्ड आर्ट एण्ड कल्चरको आयोजनामा राजधानीमा ‘डायमण्ड रत्न सम्मान तथा अवार्ड २०८२’ सम्पत्र भएको छ। चलचित्र विकास बोर्डको हलमा भएको कार्यक्रममा नीर शाह, युवराज लामा र वसुन्धरा भुसाललाई ‘डायमण्ड रत्न सम्मान’ प्रदान गरिएको थियो ।

कार्यक्रममा फिल्म ‘जेरी अन टप’ बाट अनमोल केसी ‘सर्वोत्कृष्ट नायक’ ‘परान’ बाट अन्जना बराइली ‘सर्वोत्कृष्ट नायिका’, ‘१२ गाउँ’बाट समीर भट्ट ‘नवनायक’, ‘खोजतलास’ बाट पुष्पाञ्जली लिम्बू ‘नवनायिका’, ‘लाखे’ बाट रोहित रुम्बा ‘सह अभिनेता’, ‘दुस्प्रयास’ बाट विपना आङबुहाङ ‘सहअभिनेत्री’, ‘पिताम्बर’ बाट प्रमोद अग्रहरि ‘सर्वोत्कृष्ट खलनायक’ र आशान्त शर्मा ‘हास्यकलाकार’ घोषित भए ।

त्यस्तै द्वन्द्व निर्देशक सन्जय थापा, मेकअप आर्टिस्ट इन्दु टि खत्री, संगीतकार कृष्ण भारद्वाज, नृत्य निर्देशक कविराज गहतराज, छायाकार सन्जय लामा, कथाकार विकास सुवेदी, सम्पादक तारा थापा किम्बे र दीपाश्री निरौलाले पनि अवार्ड जिते। जुरी अवार्ड भने फिल्म ‘पूर्णबहादुरको सारंगी’ बाट विजय बरालले प्राप्त गरे । आदिबासीबाट निर्देशक निमा लामा तामाङ, नायिका सुनिता लङबा तामाङ, नायक अमिर दोङ, गायक उत्तर लामा र गायिका लक्ष्मी स्याङतानले अवार्ड जिते ।

दुर्गा प्रसाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोहन निरौला, दिपक तामाङ, दिनेश लिङदेन र रामशरण कोइराला जुरी थिए । कार्यक्रममा निर्देशक किशोर सुब्बा, मिस पवि, गीतकार डा. हरि उप्रेती, नायक विक्रान्त बस्नेत, नायक दिनेश थापा, कलाकार खडकबहादुर पुलामी, समाजसेवी विनयजंग बस्नेत, हिमाल पाख्रिन, छिरिङ दोर्जे तामाङ, जित सिंह र गुरुकुमार खड्गीलाई सम्मान गरिएको थियो । डायमण्ड आर्ट एण्ड कल्चर २०४८ सालमा स्थापना भएको हो ।