गजल
काठमाडौँ ।
साहित्यिक अभियानमा स्याङ्जाली नारी र भेषजराज साहित्य प्रतिष्ठान वालिङ, स्याङ्जाले ’नवौं वालिङ महोत्सवझ मनाएको छ । वालिङ उद्योग वाणिज्य संघ, वालिङ् स्याङ्जामा सांस्कृतिक कार्यक्रम संयोजक खगेन्द्रप्रसाद अर्यालको अध्यक्षता र जेष्ठ नागरिक एवम् अग्रज साहित्यकार निलकण्ठ लम्सालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । साहित्यिक अभियानमा स्याङ्जाली नारीकी सचिव लक्ष्मी काफ्लेले शब्दमार्फत उपस्थित जनलाई स्वागत गरेकी थिइन् ।
भेषजराज साहित्य प्रतिष्ठानका सचिव श्याम ढुङ्गानाले सहजीकरण गरेको कार्यक्रममा खगेन्द्रप्रसाद अर्याल, निलकण्ठ लम्साल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, चण्डीकाप्रसाद भट्टराई, बोधराज न्यौपाने, दमकला बगाले, कमलप्रसाद बगाले, लेखनाथ काफ्लेले रचना वाचन गरेका थिए ।
त्यसैगरी कार्यक्रममा अग्निकुमार रेग्मी, भवीश्वर पङ्गेनी, लक्ष्मी काफ्ले, सरस्वती अर्याल काफ्ले, कमला अधिकारी, भोजकुमारी पाण्डे, सावित्री अर्याल, ढालबहादुर केसी, इन्द्रप्रसाद पाठक, डोलराज सुवेदी, विष्णु पङ्गेनी पाण्डे, स्मारिका अर्याल, दिलीप मगर, विप्लव खनाल र वसन्त खनाल लगायतले आफ्ना रचना वाचेका थिए ।
