• २०८१ बैशाख ७ शुक्रबार

गजल

लोकराज जोशी

लोकराज जोशी

पत्थर बनेको रहेछु फुटाउन अब घन लाग्छ,
म प्रेमी हु प्रेमको गजल सुनाउन मन लाग्छ ।

तिमि यति सस्तो रहेछौ भनिरह्यौ सधैं सधैं,
हेर महफिलमा मलाई सुन्न पनि धन लाग्छ ।

घमण्ड देखाइरह्यौ सधैं त्यो रूपरंगको मात्रै,
याद गर जिन्दगी सकिन मात्र एक कफन लाग्छ ।


लोकराज जोशी
[email protected]