• २०८२ माघ २७, मंगलवार

डा. भोला रिजालको ‘अन्धकार पन्छाएर’ सार्वजनिक

काठमाडौँ ।

प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ सार्वजनिक गरिएको छ । शिव परियारको स्वर रहेको गीतमा शंकर थापा स्माइलको संगीत छ ।

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन रहेको गीतको भिडियोमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा.नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठ लगायतको अभिनय छ । सरला रिजालको प्रस्तुति रहेको भिडियोलाई महेश महाराले छायाङ्कन गरेका हुन् ।

देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक भएको गीत निकै सशक्त जागरण गीत रहेको छ । हामीहरू फुटेर होइन जुटेर अघि बढौँ भन्ने धारणाले यो राष्ट्र भावको गीत ल्याएको डा.रिजालले बताए । ‘गीतले देश विकासमा जुट्न र परिवर्तनका पक्षमा लाग्न सन्देश प्रवाह गर्छ’ डा.रिजालले भने ।

डा. भोलाका यसअघि ‘म मान्दिन जात र धर्म कसैको’, ‘मेरो पौवा पाटी’, ‘मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न, निधारमा रातो माटो शिरमा टोपी राखेँ, भागेर भए पनि आऊ’ जस्ता दर्जनौँ हिट गीत रहेका छन् ।