तासका पत्ताहरूले
किन ढाँट्छन् आफैँलाई
शक्तिशाली खेलाडीका
औँलाहरूको बलात्कारलाई
विवाह भनेर ।
सम्झना गरेर
क्षणिक सहवास
तासका पत्ताहरूले
किन घमण्ड गर्छन्
पुरानो लागेपछि
खेलाडीले
मन नपरेको क्षण
डस्टबिनमा फालिदिन्छ र
नयां किन्छ ।
तासका पत्ताहरूले
अरूले खेलेर
आफैँ थोत्रिने खेलको
के गौरब गरिरहनु ?
तासका पत्ताहरूले
खेलाडीको अभिनय
नगरे हुन्छ
जसरी दासहरूले
मालिक हुँ
नभने हुन्छ ।
……………………………….
(सायमि प्रसिद्ध कवि हुन्)