कविता
काठमाडौँ ।
गायक रामकृष्ण ढकालको नयाँ गीत ‘तिमीसँग’ सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत रहेको गीतमा राजेन्द्र वाइवाको संगीत संयोजन छ ।
गीत गायनमा ढकाललाई सुशीला बस्नेत तिमिल्सिनाले साथ दिएकी छन् । प्रेमीले जोडीको गीतमा आफूले मन पराएको मान्छेसँग सधैँ साथ रहँदा मन रमाउने भाव व्यक्त गरिएको छ ।
गीतको भिडियोमा सागर दाहाल र स्मारिका ढकालको अभिनय छ । गायक गायिका रामकृष्ण र सुशीला पनि भिडियोमा देखिएका छन् । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकास धमलाको सम्पादन रहेको छ ।
