• २०८२ माघ १६, शुक्रबार

चेतन काफ्लेका तीन मुक्तक

चेतन काफ्ले

चेतन काफ्ले

एउटाले त्यसलाई समान्य घटना लेख्यो
अर्कोले सोहीलाई भयानक दुर्घटना देख्यो
सोच्ने र लेख्ने तरिका फरक फरक होला
अर्कोले मौका छोपेर भुङग्रोमा रोटी सेक्यो ।

झुपडी बस्तीहरुमा सबै चिज भित्रने बेला हो
ज(जस्ले जेजे मागे पनि तथास्तु पाउने भेला हो
माग्नु र पाउनु तपाईको कला क्षमतामा भरपर्ला
हान्नुस चौका पाँच वर्षमा लाग्ने चटके मेला हो ।

झुठा आश्वासनहरू बांडेर जनतासँग भोट लियौ
न मल बिउ सुशासन दियौ न रोजगार नै दियौ
कतिसम्म झुक्याउन सक्छौ जनतालाई झुक्याउ
आँसु र पीडामा मलहमको सट्टामा सोमरस पियौ ।।


चेतन काफ्ले