कविता
काठमाडौँ ।
नेपाली सुगम सङ्गीतका चर्चित गायक शिव परियार र गायिका मिलन नेवारको सुमधुर स्वर रहेको गीत ‘गाँठो’ सार्वजनिक गरिएको छ । प्रेमिल भाव समेटिएको गीतमा भूपेन्द्र खड्काका शब्द, मोहित मुनालको सङ्गीत रहेको छ ।
गीतको भिडियोमा अभिनेता किशोर खतिवडा र मोडल योगिता दाहालको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन पनि अभिनेता खतिवडा स्वयंले गरेका हुन् । भिडियोमा कलाकार केमेस्ट्री सुहाउँदो देख्न सकिन्छ । भिडियोको छायाङ्कन रामेश्वर हुमागाईँले गरेका हुन् भने सम्पादन सुवास देवकोटाको रहेको छ । ‘क्लासिक फ्रेम मुभिज’ले भिडियो तयार गरेको हो ।
