• २०८२ माघ १६, शुक्रबार

उपन्यास समाज नेपालद्वारा १५८ औं घुम्ती कवि गोष्ठी सप्पन्न

काठमाडौं ।

उपन्यास समाज नेपालको आयोजनामा घुम्ती कवि गोष्ठी नेपालले १५८औँ शृंखलालाई पूर्णता दिएको छ । काठमाडौंमा आयोजित कवि गोष्ठीमा प्रमोद नेपाल, अच्युतप्रसाद पौडेल, घनश्याम प्रसाईं, त्रिलोचन आचार्य, वासुदेव ठकुरी, दीपक लोहनी, मिसन अधिकारी, पवन बुढाथोकी, कविता दाहाल, अपरा दाहाल, नवीन पल्लव, जयराम बिडारी, प्रीति कौर, रुबी सत्याल, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, चेवन बस्नेत ‘ठुलाघरे’, प्रमोद भण्डारी, खुश्वु रिजाल, विमल कोइराला, ओमप्रसाद कोइराला, सुशील आचार्य र परशुराम पराशरले आफ्ना रचना वाचन गरे ।

कार्यक्रममा साहित्यकार पवन आलोकले सुन्दर र मनमोहक कविता सुन्न पाएको भन्दै खुसी लागेको बताए । उक्त अवसरमा साहित्यकारहरू शीतल गिरी, गोविन्द घिमिरे ‘वेदमणि’, माधवलाल श्रेष्ठ, शंकर भारती र निबन्ध आचार्यले बोलेका थिए ।