हिन्दी कविता

आकाश बर्षे पनि
आज त रङ नै बर्साउला ?
वृद्धको उदासी होस् कि
यौवनको उमङ्ग,
आज इन्दे्रणी बनेर
सबलाई रङाउला ।
आऊ, रङमा डुबेर
आ- आफ्नो अनुहार साटौं,
तिमी म बन,
म तिमी बन्छु,
एक दिनलाई भए पनि
आफैँबाट मुक्त हुन्छु,
यो सोच र
ऐनामा रूप हेरेर
हाँस र हँसाऊ
किन भने,
फागुको यस्तै दिन
फेरि कहिले आउला ?
साभार: मेरो कविताहरू (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)