कविता
काठमाडौँ ।
नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’ अर्पिने भएको छ । नियात्राकार व्यासलाई रूपैयाँ ५० हजार नगद राशिको साथ सम्मान गरिने भएको छ । रेखा कँडेलले २०७७ सालमा नियात्राकार पवन आलोकको नाममा “पवन आलोक नियात्रा पुरस्कार” स्थापना गरेकी थिइन्। उक्त पुरस्कार कृतिगत रूपमा अर्पिँदै आएको थियो । यसै वर्षदेखि उक्त पुरस्कार “पवन आलोक नियात्रा सम्मान” का रूपमा योगदानको आधार मानी प्रदान गर्ने निर्णय गरिएको हो ।
कृतिगत रूपमा यसअघि २०७७ मा नियात्राकार भीष्म उप्रेतीलाई ‘हिमाल शेर्पा र यती’नियात्रासंग्रह, २०७८ मा नियात्राकार डा. दामोदर पुडासैनी किशोरलाई ‘ग्रीष्मको नीलो बतास’ नियात्रासंग्रहका लागि, २०७९ मा इल्या भट्टराईलाई ‘मिसर’ नियात्रासंग्रहका लागि र २०८० मा नियात्राकार तेजप्रकाश श्रेष्ठलाई ‘गंगचुलीको हिउँ’ नियात्रासंग्रहका लागि अर्पिएको थियो । उक्त पुरस्कार पहिलोपल्ट सम्मानको रूपमा पाएको नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाले दिएकी हुन् ।
