• २०८२ माघ २, शुक्रबार

चेतन काफ्लेका दुई मुक्तक

चेतन काफ्ले

चेतन काफ्ले

पढने  तृष्णा जाग्यो र तिर्खा मेटाउन पसें  सहरमा
इष्टमित्र नाता गोता थपिदै गए अनि बसें रहरमा
सम्झना घरीघरी आइरहन्छन् गाऊबेसी वनपाखा
बन्दी शिविरको अवचेतन कैदी झै फसें कहरमा ।

जोडबलले नाटक रचायौ र फसायौ थिएन मेरो रहरमा
औषधि झै पिलाउन खोज्यौ जहर र त पठायौ मेरो ठहरमा
सराप्नै थियो त उतैबाट शब्दका वाणहरु छोडेको भए हुने
विष बमन गर्दै आँधि र बेहेरी झैं आयौ किन मेरो सहरमा ?


चेतन काफ्ले