• २०८२ माघ १०, शनिबार

साहित्यकार ढकालको दुई पुस्तक सार्वजनिक

काठमाडौं–

साहित्यकार तथा अनुसन्धानकर्ता बद्रीप्रसाद ढकालद्वारा लिखित दुई समालोचनात्मक कृति ‘आधुनिक नेपाली कथामा मिथक’ र ‘साहित्यमा संस्कृति’ एकसाथ सार्वजनिक गरिएको छ ।

बागबजारमा प्रा.डा. सुरेन्द्र केसी, डा शैलेन्दुप्रकाश नेपाल, केशव पराजुली, ढकाल लगायतले कृतिको सडक विमोचन गरे । विमोचन उप्रान्त डा. केसी र डा. नेपालले दुई राम्रा पुस्तक आएको बताए । सार्वजनिक दुवै कृति अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो ।