• २०८२ माघ २७, मंगलवार

विशेष कवि गोष्ठी भक्तपुरमा सम्पन्न

भक्तपुर ।

भक्तपुरमा कवि गोष्ठी सम्पन्न गरिएको छ । चक्रपाणी स्मारक प्रतिष्ठान भक्तपुरले मोर्डन कलेज सल्लाघारीमा विशेष कवि गोष्ठी गरेको हो । प्रमुख अतिथि महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, प्राज्ञ नन्दु उप्रेती, उपन्यासकार प्रगति राई विशेष अतिथि रहेका थिए ।

कविहरू अभय श्रेष्ठ , जीतेन्द्र रसिक, सीता तुम्खेवा, विश्व सिग्देल, विणाश्री श्रोकुल, दिनेश पाण्डे, पदम दाहाल , तीर्थराज भट्ट,. विकास शैलपुत्र, जुनु घिमिरे , अनन्त श्रेष्ठ, चन्द्रलाल भोमी, दीप्स शाह, सञ्जय सोती, डिल्लीप्रसाद मूलतिहुन, रमी प्रिया, गोविन्दप्रसाद मैनाली, सुरेश गाउँले, प्रगति राई, मुरारि सिग्देल, नगेन्द्र पौडेल, तुमला ढुङ्गाना, रामशरण न्यौपाने, सावित्री अधिकारी, नन्दु उप्रेती, समिश्रण घरा, वसन्त नकर्मी, धरणीधर गुरागाई, एलिशा ढुंगाना र रामगोपाल आशुतोषले रचना वाचन गरेका थिए ।

वाचन गरिएका कविताहरूको छोटो समीक्षा र विवेचना चन्द्रप्रसाद न्यौपानेले गरेका थिए। कार्यक्रम सञ्चालन संस्थाका महासचिव सञ्चारकर्मी रामगोपाल आशुतोषले गरेका थिए। जेनेटिक डिसअर्डर फरक क्षमताको बालक लियाम थापाको सहयोगार्थ कवि रामगोपाल आशुतोषले १६०००/- चेक कवि विश्व सिग्देललाई हस्तान्तरण गरेका थिए । सभापति राममणि ढुंगेलले आफ्नो रचना पाठ र सवै कविलाई धन्यवाद सहित कार्यक्रम विसर्जन गरेका थिए ।