• २०८२ पुष २८, सोमबार

रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ विमोचन

काठमाडौँ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आज कवि रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ विमोचन हुँदैछ।यो उनको दोस्रो कवितासंग्रह हो। यसअघि उनले ‘यात्रामा अक्षर’ प्रकाशन गरिसकेकी छन् ।

दिउँसो २ बजे सुरु हुने कार्यक्रममा वक्ताका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, कवि लक्ष्मी माली, बिन्दु शर्मा, आहूति र पत्रकार दीपक सापकोटा वक्ताका रुपमा उपस्थित हुनेछन्। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।