• २०८१ श्रावाण ११ शुक्रबार

पुस्तक सार्वजनिक

काठमाडौँ/ ६ चैत २०७८

जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान: जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक भयो ।
मनोविज्ञ ज्ञवालीले जापानमा रहेका झन्डै एक लाख नेपाली मध्ये कुक भिसामा पुगेका १२ हजार ४ सय भन्दा बढीको सङ्घर्ष र भोगाइलाई पुस्तकमा समेटेका छन् ।
गैर आवासीय नेपाली संघ जापानकी उपाध्यक्ष सङ्गीत अधिकारी सुवेदी, लेखक- पत्रकार राजकुमार बानिया, समाजशास्त्री डा. नीति अर्याल, स्वास्थ्य अनुसन्धानकर्ता डा. प्रकाश शाक्य, लेखक–पत्रकार जनकराज सापकोटा र पुस्तकका लेखक डा. विजय ज्ञावालीले पुस्तकको संयुक्त लोकापर्ण गरेका हुन् ।
पुस्तकमाथि अन्तरक्रिया व्यक्त गर्दै डा. अर्यालले पुस्तक तथ्याङ्कमा आधारित यथार्थ कथाहरूको सुन्दर प्रस्तुति रहेको र सबैको लागि उपयुक्त हुनेबताइनभने डा. शाक्यले जापानमा मात्र होइन विदेशमा श्रमका लागि जाने सबैको लागि पुस्तक मार्गदर्शन हुनेविचार व्यक्त गरे ।
पत्रकार सापकोटाले पुस्तक पत्रकारको रिपोर्ट, आख्यानकारको आख्यान र अनुसन्धानकर्ताको लागि अनुसन्धानको प्रतिवेदनजस्तो सबै स्वाद र समायोजन रहेको बताए चने ।
अर्का लेखक–पत्रकार राजकुमार बाँनियाले पुस्तक आपूmले पढ्न र अरू पाठकलाई पनि पढ्न सिफारिस गर्न योग्य रहेको बताए ।
लेखक ज्ञवालीले आपूm जापानमा बस्दा देखेको, भोगेको र अनुभव गरेको समस्यालाई कुकहरूसित नै कुराकानी गरेर तयार गरेका जानकारी दिए ।