• २०८२ पुष २७, आईतवार

तीर्थराज अधिकारीका चार मुक्तक

तीर्थराज अधिकारी

तीर्थराज अधिकारी

कर्तव्य पालनमा झोज नठान्ने सोच चाहिँदो रहेछ
सामाजिक ओज जस्को उच्च छ उस्को गीत गाइदो रहेछ
हामीले आफ्नै मनलाई शान्त हुन दिदैनौ र पो यहाँ
मनको बोझ हटेमा मात्र जीवनको आनन्द पाइदो रहेछ ।

कहिले जान्दै नजानेर गल्ती हुन्छ
कतै आफैँ जस्तो ठानेर गल्ती हुन्छ
सबैभन्दा ठुलो कारण त हजुर !
धूर्तलाई गुरु मानेर गल्ती हुन्छ ।

मतलवी दल खोल्दै नखोल्नोस्
सभाहलमा जथाभावी नबोल्नोस्
हातमा सलाईँ छ भन्ने दम्भले
आफनै जन्मकुण्डली नपोल्नोस् ।

मुश्किल छ, पाइलैपिच्छे झमेला छ
सम्भावनाको उपाय खोज्ने बेला छ
काबु बाहिरको परिस्थिति नियाल्ने
यहाँ मौका छ, राजनैतिक मेला छ ।


तीर्थराज अधिकारी