• २०८२ पुष २५, शुक्रबार

गजल

सृष्टि सावित्रा

सृष्टि सावित्रा

मौका मिले फाइदा लुट्न आउछौ तिमी पनि
मान्छे एक रुप अनेक देखाउछौ तिमी पनि

एकपटक सम्मभए सहन्थेँल केही थिएन
एउटै मन कतिपटक भत्काउछौ तिमी पनि

दिलभित्रै बस्नेले हो दिल जलाउने भनेको
स्वार्थ पूरा भएकैदिन हराउछौ तिमी पनि

छुरा हान्न भ्याइनभ्याई छ पिठ् पछाडि बाट
आँखा अगाडि फूलहरु बर्साउछौ तिमी पनि

मन्दिर धाउथ्यौ कुनैबेला मेरै साथ मिलोस् भनि
आज आएर मन दोधार बनाउछौ तिमी पनि


सृष्टि सावित्रा