• २०८२ पुष २७, आईतवार

‘राष्ट्रिय धरोहर नारीरत्न–२०८२’ अर्चनाकुमारी झालाई

काठमाडौँ ।

‘अर्चनाकृत रामायण’का लेखिका अर्चनाकुमारी झालाई ‘राष्ट्रिय धरोहर नारीरत्न –२०८२’ बाट सम्मान गरिएको छ । मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ जस्तो महत्त्वपूर्ण कृति सार्वजनिक गरी मुलुकको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणसहित जनचेतना जगाउन विशेष भूमिका निर्वाह गरेबापत उनलाई सम्मान गरिएको हो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष राजनन्द माण्डव्यले मुलुकको सनातन धर्म, संस्कृति र मैथिली भाषाको संरक्षणसहित धार्मिक मूल्यमान्यतालाई आमजनतामाझ पु¥याउन उल्लेखनीय भूमिका निर्वाह गरेबापत ‘अर्चनाकृत रामायण’ का लेखिका झालाई सम्मान गरिएको हो ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लेखिका एवम् पत्रकार झालाई सम्मान गरेका हुन् । समाजसेवी र गृहिणीको भूमिकामा रहेकी उनी राष्ट्रिय समाचार समितिको ललितपुर जिल्ला समाचारदाता हुन् ।