• २०८२ माघ १७, शनिबार

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न चार पुरस्कारहरूको घोषणा

काठमाडौँ–

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले २०८२ सालका विभिन्न चार पुरस्कारहरूको निर्णय गरेको छ । जस अन्तर्गत प्रतिष्ठानले यस वर्ष शङ्कर कोइराला आख्यान पुरस्कार (२५,०००/– रुपैयाँसहित) आख्यानकार मधुवन पौडेललाई, चूडामणि भाषाव्याकरण–कोश पुरस्कार (५१,१११/– रुपैयाँसहित) साहित्यकार तथा भाषासेवी रोचक घिमिरेलाई, कुमार–सरस्वती समालोचना पुरस्कार (२५,०००/– रुपैयाँसहित) समालोचक तथा साहित्यकार प्रा. डा. लक्ष्मणप्रसाद गौतमलाई र रामप्रसाद पन्त वाङ्मय पुरस्कार (५५,५५५/– रुपैयाँसहित) साहित्यकार, सम्पादक तथा नाट्यकर्मी किशोर पहाडीलाई समर्पण गर्ने निर्णय गरेको छ ।

यी पुरस्कारहरू आगामी पुस २६ गते काठमाडौँमा एक समारोहको आयोजना गरी समर्पण गरिने प्रतिष्ठानले जानकारी गराएको छ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल २०५७ सालमा स्थापना भई भाषासाहित्यका क्षेत्रमा समर्पित संस्थाका रूपमा परिचित छ ।