समाचार
शरीर एउटा सहर हो,
जहाँ कहिलेकाहीँ
साइरन बज्छ- रोगको ।
थकान, ज्वरो,
अदृश्य पीडाहरू
मोबाइलको नोटिफिकेसनजस्तै
बारम्बार देखापर्छन्
डाक्टरको हस्तलेखन जस्तै
जीवन कहिलेकाहीँ
बुझ्न गाह्रो हुन्छ
त्यहीँ कतै,
सेतो गोलीभित्र
सानो आशा लुकेको हुन्छ,
रातभरि जाग्राम बसेको सपना
औषधि चमत्कार होइन,
तर धैर्य हो
समयसँग गरेको सम्झौता हो
रोगले रोक्छ एकछिन,
औषधिले सम्झाउँछ-
तिमी अझै बाँचिरहेकाछौँ,
अझै अघि बढ्न बाँकी छ ।
गैंडाकोट- २, नवलपरासी