युक्रेनको राजधानी किभमा मिसाइलले विध्वंस भएको विशाल भवनको खंडहरबाट, रगतको आहालमा लतपतिदै, एकबृध्द महिला बाहिर घिसृदै आईन्। न उनलाई आफू घायल भएको महसूस थियो; न त कुनै दर्दको अनुभूति !
अलिपर सडकको छेउमा, अस्त्र- सस्त्रले सुसज्जित हुँदै, सतर्क भएर उभिरहेको सैनिकहरू सामू गएर एउटालाई सोधिन्, “तिमी को हौ ?’’
उसले भन्यो, “आर्त्योम… रूसी सेना ।’’
ती बृध्द महिलाले शीर ठाडो पारेर कडकिदै भनिन्, “हात–हतियारले सजिएर तिमी मेरो देशमा किन आयौ? जाउ फर्कआफ्नो भूमी !’’
शीर निहुराएर निर्लज्ज ठिङ्ग मूर्ति झैँ उभिरहेको सैनिकलाई दया भावले हेर्दै फेरि भनिन्, “म ओल्गा ! युक्रेनको धर्ती पुत्री ! यो सूर्यमूखी फूल लिउ र खल्तीमा राख ! जब तिमी मेरो भूमिमा मारिने छौ; तिमी गाडिएको जमिन भित्रबाट सुन्दर फूलको बिरुवा उम्रने छ !’’
कात्यायन, चाबहिल, काठमाडौं –७
[email protected]