कविता
काठमाडौँ ।
शिशिर योगीले ‘बा–आमा’ सँगै सांगीतिक वृत्तमा आफ्नो सक्रियताको निरन्तरन्ता कायम गरेका छन् । योगीले गीत मार्फत बा र आमा एउटै सिक्काको दुई पाटा हुन् भन्ने सन्देश प्रस्तुत गरेको छ। बाआमा गीतमा शिशिर योगी गायक/गीत/संगीत भूमिकामा रहेका छन् ।
गीतको संगीत संयोजनमा बी.बी. अनुरागी, मिक्स÷मास्टरिङ श्यामस्वीट रसाइली र रेकर्डर कमल थापा रहेका छन् । उक्त गीत प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड भएको हो । शिशिर योगी अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतले धेरै श्रोताको मन जित्न विश्वास गरिएको छ ।
