समाचार
काठमाडौं ।
उपन्यासकार डा. धर्म सापकोटा राजुको उपन्यास ‘बाहेक’ एक समारोहका बिच काठमाडौंमा लोकार्पण भएको छ । कवि श्यामल, समीक्षकद्वय राजकुमार बानियाँ, सुमन वर्षा र लेखक सापकोटाद्वारा पुस्तक लोकार्पण भएको हो ।
“शरीर मिले पनि मन मिलेको हुँदैन, मन मिले पनि शरीर मिलेको हुँदैन” भन्ने यौन मनोविज्ञानमा आधारित उपन्यासमाथि समीक्षक राजकुमार बानियाँले विषय, प्रस्तुति र सन्देशको सुन्दर संयोजनले उपन्यास पठनीय बनाएको बताउनुभयो । एउटा नारीले सबै भौतिक सुख प्राप्तिपछि यौनिक चाहनालाई कसरी सन्तुलन मिलाउन सक्दछिन् भन्ने विषय रोचक तथा रहस्य भई उपन्यास रहेको समीक्षक सुमन वर्षाले बताउनुभयो ।
