समाचार
बिरगंज ।
नेपाल भोजपुरी समाजको आयोजनामा भोजपुरी मुक्तक ‘सेमर के फूल’ नामक पुस्तकको विमोचन भएको छ । मधेस विश्वविद्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा साहित्यकार गोपाल अश्कले पूर्व प्राज्ञसभा सदस्य दिनेश गुप्ताद्वारा रचित सो कृतिको विमोचन गरेका थिए ।
कार्यक्रममा भोजपुरी प्रतिष्ठान वीरगंजकी अध्यक्ष अनीता साह र बारा अध्यक्ष रामप्रसाद साह, प्रमोद पाण्डे, छोटेलाल साह, अजमत अलिलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण राजेन्द्र सिंह नेपालीले गरेका थिए ।
