• २०८२ पुष ४, शुक्रबार

सुभद्रा–विश्वराज तथा प्रसिद्ध कडेल स्रष्टा सम्मानको घोषणा

काठमाडौं ।

नेपाल स्रष्टा समाजले आफ्नो स्थापना दिवसको अवसर पारेर दुई साहित्यकारहरुलाई सम्मान गर्ने घोषणा गरेको छ । समाजले २१ हजार एकसय ११ नगद राशी सहितको सुभद्रा–विश्वराज सम्मान–२०८२ द्धारा वरिष्ठ कवि प्रल्हाद पोखरेल तथा १५ हजार एकसय रुपैयाँ नगद राशी सहितको प्रसिद्ध कडेल युवा स्रष्टा सम्मान–२०८२ द्धारा युवा साहित्यकार अनिता पन्थीलाई सम्मान गर्ने भएको हो ।

यी दुबै सम्मानहरु समाजको १९औं स्थापना दिवसको अबसर पारेर आगामी पौष १६ गते स्रष्टाहरुलाई समर्पण गरिने निर्णय भएको अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिनुभयो । झण्डै डेढ दर्जन कवितासङ्ग्रह, खण्डकाव्य लगायत कृति सहित दुई दर्जन विभिन्न कृति तथा पत्रिकाहरुको सम्पादन गरिसक्नु भएका पोखरेल थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित हुनुभएको छ।नेपाली साहित्यमा उहाँको योगदानको कदर गर्दै उहाँलाई सम्मान समर्पण गर्न लागिएको हो ।

यसैगरी लमजुङकी ‘अनायोजिता’ उपन्यासकी स्रष्टा अनिता पन्थी वर्तमान पुस्तामा शसक्त नारी हस्ताक्षरको रुपमा अगाडि आएकी छिन् । समीक्षा,नियात्रा लगायतका विभिन्न विधामा उनका कलम उतिक्कै चल्छ । युवा साहित्यकार पन्थीलाई उनको साहित्यिक क्रियाशिलताको लागि सम्मान गर्न लागिएको हो ।