समाचार
काठमाडौं ।
कवि तारक धिताल र कवि दिना सुवेदी धितालको कविताकृति ‘जोडीका कविता’ एक कार्यक्रमबीच लोकार्पित गरिएको छ । जीवन सहयात्राको तीन दशकको सन्दर्भमा प्रकाशित यस कृतिमा दुवै सर्जकका ३०/३० कविता समेटिएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित अनौपचारिक कार्यक्रममा कवि विमल निभा, अभिनेता मदनकृष्ण श्रेष्ठ, डा. सरोज धिताल, कथाकार राजव, कविहरू तारक र दिनासँगै दर्शकदीर्घामा रहेका सम्पूर्ण अतिथिहरूले एकसाथ कविताकृति लोकार्पण गरे ।
