• २०८१ फागुन १ बिहीबार

कला मन्दिरद्वारा तीन स्रष्टालाई सम्मान घोषणा

काठमाडौँ ।

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले यस वर्षका लागि इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मान, सरस्वती सम्मान र नारायणगोपाल संगीत सम्मानबाट सम्मानित गर्ने स्रष्टाहरूको नाम घोषणा गरेको छ  ।

साहित्यकला मन्दिरको ३० औं वार्षिकोत्सवका अवसरमा तन्त्र विज्ञानका ज्ञाता प्रा. विद्यानाथ उपाध्याय भट्टलाई इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मान, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे र व्यंग्यकार लक्ष्मण नेवटियालाई सरस्वती सम्मान र संगीतकार एवं लोकगायिका झुमा लिम्बूलाई नारायणगोपाल संगीत सम्मान प्रदान गरिने निर्णय गरेको हो । साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।