English Poem
काठमाडौं ।
सिमयोन सुकिता राईको कविताकृति ‘सिमयोन सिम्फोनी’ सार्वजनिक गरिएको छ । ‘किताब जात्रा’को दोस्रो दिन शुक्रबार (मंसिर २६) ‘द पोएट आइडल सिजन २’ का विजेता राईको कविताकृति विमोचन गरिएको हो । कविताकृति राईसँगै कवि विप्लव प्रतीक र अमनप्रताप अधिकारीले सार्वजनिक गरे । कवितासंग्रह कथालय इन्कको विभाग वी रिडले प्रकाशन गरेको हो ।
कृतिकार राईले पोएट आइडलबाट आफ्नो नाम र परिचय स्थापित भएकामा खुसी व्यक्त गरे । कविता लेख्ने मात्र नभएर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा पनि सिक्ने अवसर मिलेको उनले उल्लेख गरे । यो कृतिभित्र जीवन भोगाइ, सिक्किमको संस्कृति, रहनसहन, परिवेश समेटिएको छ ।
कवि प्रतीकले सिर्जनामा लेखक संवेनशील हुनुपर्ने बताए । सिकाइ र सोचाइ दुवै हुनुपर्नेमा उनले जोड दिए ।
