• २०८२ पुष १२, शनिबार

‘अमृत वर्ष महोत्सव’मा कविता गोष्ठी

काठमाडौं ।

नेपाली शिक्षा परिषद्ले ‘अमृत वर्ष महोत्सव’का अवसर पारेर विशेष कविगोष्ठी आयोजन गरेको छ ।

लेखनाथ साहित्य सदन, सोह्रखुट्टेमा शुक्रबार (मंसिर २६) आयोजित कविगोष्ठीमा शिवगोपाल रिसाल, पुरुषोत्तम सिग्देल, रमेश खकुरेल, डा. जीवन अधिकारी, उत्तम विचार, रामचन्द्र घिमिरे, कल्पना भट्टराई, प्रभा भट्टराई आचार्य, राधिका पन्त, रामचन्द्र न्यौपाने वनवासी, खगेन्द्र खोल्साघरे, गीता कार्की, बद्री पोख्रेल, रूपक अलंकार, कोषराज न्यौपाने, त्रिभुवनचन्द्र वाग्ले, निर्मलरमण पराजुली, चन्द्रवदना घिमिरे, डा. बमबहादुर जिताली, दिव्यचन्द्र आचार्य, मुकुन्द शर्मा चालिसे, रमेश शुभेच्छु, जगदीश्वर पोख्रेललगायत कविले आफ्ना काव्यरचना सुनाए ।

कार्यक्रममा साहित्यकार जगत् उपाध्याय प्रेक्षितले शिक्षा परिषद्ले साहित्य, कला र संस्कृतिको उन्नयनमा गरेको कामको प्रसंशा गरे । अग्रज साहित्यकार एवं परिषद्की अध्यक्ष रमा शर्माले वि.सं. २००८ सालमा स्थापित परिषद् पुरानो साहित्यिक संस्था भएको उल्लेख गरिन् । उनले संस्थाका क्रियाकलापबारे जानकारी गराइन् ।