लघुकथा
काठमाडौँ ।
गायक विष्णु भट्टले डोटेली गजल ‘म फर्किन्याँ बेला भयो’ ल्याएका छन् । सार्वजनिक गजलमा विष्णुको गायनसहित संगीत रहेको छ । नेत्र कुँवर (गजलकार) को शब्द रहेको गजलमा विदेशिएका युवाको कथा/व्यथालाई समेटेको छ । देवश राई एरेन्जमेन्ट रहेको गीतमा कुमार रानाको मिक्सिङ र मास्टरिङ छ। गायनमा भट्टलाई मनिषा सुनार, लक्ष्मी नेपाली र पविन्द्र सुनारले पनि साथ दिएका छन् ।
विक्रम चौहानको स्टोरी र निर्देशनमा गीतको भिडिओ बनेको हो । भिडिओमा चक्र बम र मीना परियारको अभिनय छ। भिडिओलाई करण चाइसिर र टिमले खिँचेका हुन् । गएको तिहारमा भट्टको गीत ‘झुम्की’ निकै चलेको थियो । ६ वर्षअघि सार्वजनिक गीत टिकटकका कारण निकै भाइरल भएको थियो ।
