• २०८२ मंसिर १२, शुक्रबार

निश्चल अधिकारीको ‘बालखैमा दिल बस्यो’ सार्वजनिक

काठमाडौँ

बालगायक निश्चल अधिकारीको स्वर रहेको ‘बालखैमा दिल बस्यो’ गौथली २ को भिडियो सार्वजनिक भएको छ ।

बालखैमा दिल बस्यो गौथलीको सफलतापछि सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ। नरेन्द्र वियोगीको एरेन्ज मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको गीतमा बालकलाकारद्वय आलोक चौरेली र आयुषा ढकालको अभिनय देख्न सकिन्छ ।

नेपाली समाजमा व्याप्त कथालाई कलात्मक शैलीमा निर्देशक प्रहिल कार्कीले भिडियोमा देखाउनु भएको छ । गीतको छायांकन राजेश घिमिरे र केही भाग योगेन थापाले गरेका हुन्। सार्वजनिक गीतको भिडियाको सम्पादन माधव वेल्वासेले गर्नुभएको हो ।