• २०८२ मंसिर २२, सोमबार

सत्ताको सूत्र

हो, यो देश नेपाल हो
घुक्नेहरू पत्रकार हुने देश हो यो
घुक्दैभुक्दै मन्त्री हुने देश हो यो
चिच्याउने
घोक्रो सुकाउनेहरू
सत्तामा हुने देश हो यो
कुनै समय
दलको दलदलमा जकडिएर
यत्रतत्र भर्तीकेन्द्र भएर
भ्रष्टाचारीहरूको स्वर्ग नै थियो यो देश
अबको समय
षड्यन्त्रको तानाबाना बुन्नेहरूले
सरकार चलाउने देश हो यो
पक्कै यो देश नेपाल नै हो


कात्यायन
चाबहिल, काठमाडौं -७