• २०८२ मंसिर ४, बिहीबार

‘मुगलान’को ‘पिन्टु पियारी’ गीत सार्वजनिक

काठमाडौँ

रिहान प्रोडक्सनको ब्यानरमा निर्मित ‘मुगलान’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण पक्षले हालै ‘पिन्टु पियारी’बोलको गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा फिल्ममा मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाल देखिएका छन् । हरि गिरी (विमर्शी) र शान्तीश्री परियारको स्वर रहेको गीतमा हरिकै शब्द र संगीत छ । यो फिल्ममा प्रभात पाल र स्मारिकासँगै दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सविन बास्तोलालगायतको अभिनय छ ।

आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा तारा थापाको सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन देवेन्द्र कुँवरको कोरियोग्राफी छ । फिल्मलाई अजय रेग्मीले खिचेका हुन् । यो फिल्म पुस १० देखि प्रदर्शनमा आउँदैछ ।