इटालीको कविता
काठमाडौँ ।
मानव अधिकार आयोगका पूर्वसचिव वेदप्रसाद भट्टराईद्वारा लिखित कविता सङ्ग्रह ‘ग्रहणदान’ विमोचन गरिएको छ ।
काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रमबिच वरिष्ठ साहित्यकार कृष्ण धरावासीले ‘ग्रहणदान’ विमोचन गरे । त्यस क्रममा उनले मानव अधिकारका क्षेत्रमा लामो समय योगदान गरेका भट्टराईले कवितामा पनि न्याय, अधिकार र मानवीय पक्षलाई निकै सजीव ढङ्गले उठान गर्नु भएको बताए । कविता सङ्ग्रहमा समेटिएका कविताका बारेमा कानुनविद् डा रेवतीरमण त्रिपाठी, साहित्यकार सुधा शर्मा, डा. टीकाराम पोखरेल, डा. चन्द्रमान श्रेष्ठ र लेखक वेद भट्टराईले टिप्पणी गरे ।
प्रकाशक पैरवी प्रकाशनका अध्यक्ष चन्द्रप्रसाद शिवाकोटीले लेखक भट्टराईमा लुकेको कवित्व कविता सङ्ग्रहमा प्रस्फुटन भएको बताए ।
