हिन्दी कविता
काठमाडौँ ।
सिड्नीमा बसोबास गर्दै आउनुभएका लेखक कुमार शर्माको पहिलो उपन्यास ‘कम्पनी’ सार्वजनिक गरिएको छ । करिब एक दशकदेखि अष्ट्रेलियामा रहेर पोस्टल सर्भिसमा कार्यरत श्रमिक–विद्यार्थी शर्मा लामो समयको पत्रकारितापछि आख्यान लेखनतर्फ उन्मुख हुनुभएको हो ।
उपन्यास ‘कम्पनी’ दक्षिण कोरियाको सोल सहरमा अध्ययन र श्रमजीवी जीवनको दोहोरो यात्रामा हिँड्दै गरेको एक युवाको कथामा केन्द्रित छ। परम्परागत जीवनपथबाट भिन्न, मनको चाहनालाई पछ्याउँदै अघि बढ्ने एक युवकको ‘कमिङ अफ द एज’ अनुभवलाई कृतिले समेटेको प्रकाशकले जनाएको छ ।
उपन्यास बुक हिल पब्लिकेशनले बजारमा ल्याएको हो। प्रकाशक भूपेन्द्र खड्काका अनुसार ‘कम्पनी’ काठमाडौं, पोखरा, बुटवल, चितवनलगायत देशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ । साथै त्जगउचबष्।अयm र प्ष्तबदथबतचब।अयm मार्फत देश–विदेशबाटै पुस्तक सजिलै खरिद गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
