समाचार
काठमाडौँ ।
चलचित्र पत्रकार संघ नेपालले पहिलो ‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमानसम्म’ पुस्तक सार्वजनिक गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमानसम्म’ पुस्तक लोकार्पण गरिएको हो । यो पुस्तकलाई चलचित्र पत्रकार संघले ऐतिहासिक दस्तावेज भनेको छ । पुस्तकबाट चलचित्र पत्रकारीतामा संगलग्न पत्रकारलाई मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।
पुस्तकमा पहिलेको चलचित्र पत्रकारिता र वर्तमाणको पत्रकारिता, सिनेमा अग्निको कथा, चलचित्र पत्रकारितामा महिलाको अवस्था लगायतका विषय समेटिएको छ । पुस्तकले चलचित्र पत्रकारिता पढ्ने विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्याउने अपेक्षा लिइएको चलचित्र पत्रकार संघ नेपालले जनाएको छ ।
कार्यक्रममा सहभागी अभिनेता केदारप्रसाद घिमिरेले पुस्तकले विगतदेखि वर्तमानलाई चिनाउन सहयोग गर्ने बताए । त्यस्तै कलाकार राजकुमार शाह संघले ऐतिहासिक दस्तावेज तयार पारेको बताए । पहिलो संस्करणमा संघले तीन हजार प्रति पुस्तक प्रकाशन गरेको छ । पुस्तकको मूल्य एक हजार राखिएको छ भने संस्थागत मूल्य दुई हजार पाँच सय तोकिएको छ ।
