समाचार
काठमाडौँ ।
उदीयमान लेखक, मार्केटर तथा स्टोरीटेलर अनुष्का सिलवालको पहिलो काव्यसंग्रह ‘द बर्डेन अफ ब्रेथ’ एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई र मण्डला बुक पोइन्टका माधवलाल महर्जनले सिलवालको उक्त काव्यकृति संयुक्त रूपमा सार्वजनिक गरे ।
दुवै अतिथिहरूले कवि सिलवालको उक्त काव्यकृतिमा देखिएको काव्यिक सान्दर्भिकता, भाषिक सुक्ष्मता र अव्यक्त भावनाहरूलाई सुस्पष्ट रूपमा शब्दबद्ध गर्ने उनको क्षमता प्रशंसनीय रहेको उल्लेख गरे ।
कवि सिलवालले सिर्जना यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै पुस्तक बिक्रीबाट आउने रकमको एक हिस्सा परोपकारी काममा समर्पण गरिने जानकारी गराइन् । उनले आफूले सिर्जनशीलताका माध्यमबाट समाजमा सकारात्मक योगदान पुरयाउन चाहेको बताइन् ।
