यामआयाम
जीवनभर विरहको गीत गाउनुपर्ने
जीवनभर दुःखसँग मीत लाउनुपर्ने ।
कहिले कोही नजिक भई आउने
कहिले उही फेरि टाढा भई जाने
मिलन र बिछोडमै मन बुझाउनुपर्ने
जीवनभर विरहको गीत गाउनुपर्ने ।
आफूसँगको धन पनि आफ्नो नहुने
आफ्नै यो जीवन पनि आफ्नो नहुने
बाँचुन्जेल घातप्रतिघात पाउनुपर्ने
जीवनभर विरहको गीत गाउनुपर्ने ।
दिव्य गिरी