• २०८२ मंसिर ५, शुक्रबार

नेपाली भाषामा अनूदित कृति शेष प्रश्न’ सार्वजनिक

काठमाडौँ ।

प्रसिद्ध वंगाली साहित्यकार शरत्चन्द्र चट्टोपाध्यायको कृति ‘शेष प्रश्न’ सार्वजनिक गरिएको छ । कालिकास्थानस्थित नेपालयको ’आर’शालामा नेपाली भाषामा अनूदित कृति ‘शेष प्रश्न’ लोकार्पण गरिएको हो ।

वरिष्ठ गायक, सङ्गीतकार तथा साहित्यकार आभासले नेपालीमा अनुवाद गरेको उक्त कृतिका बारेमा साहित्यकार दुर्गा कार्कीले समीक्षात्मक टिप्पणी गरेकि थिइन् । सङ्गीतसँग सुन्दर ढङ्गले जोडिएको साहित्यिक कृति हो शेष प्रश्न ।