• २०८२ कार्तिक १८, मंगलवार

रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ कवितासङ्ग्रह विमोचित

काठमाडौँ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहँदा लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ लोकार्पण भएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा जेनजी युवा र कवि मिश्रले संयुक्त रूपमा यो पुस्तक लोकार्पण गरे । हिरासतमा रहँदा लेखिएका ३५ कविताहरू यस सङ्ग्रहमा समावेश छन्, जुन मिश्रको दोस्रो कविता सङ्ग्रह हो ।

लेखक मिश्रले नेपालको सन्दर्भमा यो पुस्तक नयाँ प्रयोग भएको अनुमान व्यक्त गरे। उनले भने, ‘नेपालमा हिरासतमा बसेर आत्मसंस्मरण लेखिएका छन्, दैनिकी, उपन्यास लेखिएका होलान्, तर यसरी कविता लेखिएको मैले थाहा पाएको छैन ।’ त्यसैले यो कवितासङ्ग्रहको आफ्नो जीवनमा विशेष अर्थ रहेको उनको भनाइ छ ।